• शनिबार, साउन ९ २०८३

गोरखाकाे बुंकाेटमा कार दुर्घटना


बिहिबार, कार्तिक ९ २०८०
2.5K
Shares

गोरखा । गोरखाकाे बुंकाेटमा कार दुर्घटना भएकाे छ । शहिद लखन गाउँपालिका ७ काे बुंकाेट स्थित बनकालीमा बुधबार बेलुका बागमती प्रदेश ०३-००१ च २३५० नम्बरकाे कार दुर्घटनामा परेकाे हाे ।

गोरखा सदरमुकामबाट शहिद लखनकै घैरुङ्गतर्फ जादै गरेकाे साे कार दुर्घटनामा परेकाे बताइएकाे छ ।

कारमा चालकसहित २ जना सवार रहेकाे र उनिहरु सकुशल रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए । कारमा सवार २ जना बाबु छाेरा रहेकाे बुझिएकाे उनले बताए । दुर्घटनामा परेकाे कारमा क्षति पुगेकाे छ ।

तस्विरहरु: सुदीप श्रेष्ठ/ सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार