• शनिबार, साउन ९ २०८३

दुर्गा मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्यु, एक युवक बेपत्ता


मंगलबार, कार्तिक ७ २०८०
1.9K
Shares

रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताए।

बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए।

रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन गर्ने गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार