• शनिबार, साउन ९ २०८३

मकवानपुरमा सुमो दुर्घटना, १३ तीर्थयात्रु घाइते


मंगलबार, कार्तिक ७ २०८०
2.8K
Shares

काठमाडाैं । मनवानपुरमा सुमाे दुर्घटना भएकाे छ । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते भएका छन् ।

इन्द्रसरोबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र.०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार