• शनिबार, साउन ९ २०८३

इजरायलमा मृत्यु भएका चार विद्यार्थीको शव धनगढी लगियाे


आइतबार, कार्तिक ५ २०८०
2.4K
Shares

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव धनगढी पुर्याइएकाे छ । फ्लाई दुबईको विमानमार्फत् काठमाडौँ ल्याइएको विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यान मार्फत धनगढी ल्याई पुर्याइको हो ।

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरिएको छ ।

दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको थियो ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए ।

उनीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार