• शनिबार, साउन ९ २०८३

भूकम्प: छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते


आइतबार, कार्तिक ५ २०८०
3.3K
Shares

गोरखा । आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।

गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।

उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए ।

भूकम्पका कारण गोरखाकाे गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिकाका केहि घर तथा गोठहरुमा क्षति भएको बताइएकाे छ।

आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार