• शनिबार, साउन ९ २०८३

‘आजकाे भूकम्प नयाँ होइन, गोरखा भूकम्पको परकम्प हो’


आइतबार, कार्तिक ५ २०८०
4.2K
Shares

काठमाडाैं । भूकम्पविद् मुकुन्द भट्टराईले आइतबार धादिङ केन्द्र बनाएर गएको भूकम्प नयाँ नभएर गोरखा भूकम्पको परकम्प भएको बताएका छन्।

भट्टराईले भने, ‘आइतबार बिहान धादिङ केन्द्र बनाएर गएको भूकम्प नयाँ होइन्। यो २०७२ सालमा गोरखा केन्द्र बनाएर गएको भूकम्पको परकम्प हो।’

आइतबार बिहान गोरखा र धादिङ्काे सिमाना क्षेत्रमा पर्ने खरी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ६.१  म्याग्निच्युडको भुकम्प गएको छ।

२०७२ वैशाख १२ गते शनिबार ११: ५६ मा गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार