• शनिबार, साउन ९ २०८३

एकाबिहानै ६.१ रेक्टरको भूकम्प, केन्द्रबिन्दु गोरखा र धादिङकाे सिमाना


आइतबार, कार्तिक ५ २०८०
2.2K
Shares

Seismograph recording seismic activity on grid paper. Horizontal composition with copy space. Earthquake concept.

काठमाडाैं । आज (आइतबार) बिहानै ठूलै भूकम्प भएको छ।

आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौँ उपत्यकालाई मज्जैले हल्लाउनेगरी ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

गोरखा र धादिङको सिमानामा पर्ने खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्काले काठमाडौँ उपत्यका पनि मज्जैले हल्लिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको बताए।

उनले भूकम्पको केन्द्रबिन्दु काठमाडौँ उपत्यकाकाबाट झण्डै ५५ किलोमिटर टाढा गोरखा नजिक पर्ने बताए।

दसैँको रमझममा रहेका बेला भूकम्पको गएपछि काठमाडौं उपत्यका र त्यस आसपासका स्थानीय त्रसित भएका छन्।

भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार