• शनिबार, साउन ९ २०८३

कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउन ‘२७ घण्टा’


बिहिबार, जेष्ठ २९ २०७७
815
Shares

गोरखा । बुधबार अपरान्ह करिब ४ बजे संक्रमण पुष्टि भएका भिमसेन थापा गाउँपालिकाका ४ जना कोरोना संक्रमितलाई २७ घण्टापछि आइसोलेसनमा ल्याइएको छ ।

भिमसेन थापा गाउँपालिका १, ५ र ६ का गरी ४ जनालाई बुधबार संक्रमण पुष्टि भएपनि बिहिबार बेलुका करिब ७ बजे मात्रै गोरखा अस्पतालको आइसोलेसनमा ल्याइएको हो ।

उनिहरुलाई नेपाली सेनाको स्कटिङमा गाउँपालिकाबाट सदरमुकाम स्थित अस्पताल ल्याइएको हो ।

अस्पतालमा आइसोलेसन कक्ष ब्यवस्थापनमा केहि काम बाँकी रहेकाले केहि समय ढिलो हुन गएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सिभिलखबरलाई बताए ।

‘आइसोलेसन ब्यवस्थापनको केहि काम बाँकी थियो, दिनभर काम सकेर साँझमा उहाँहरु चारै जनालाई ल्याइयो’ प्रजिअ पौडेलले भने ‘२४ बेडको आइसोलेसन तयार भएको छ ।’

मंगलबार कोरोना नेगेटिभ आएको जानकारी पाएका उनिहरुमध्ये २ जना घर समेत गइसकेका थिए । तर बुधबार पुन उनिहरुकै रिपोर्ट पोजेटिभ आएपछि पुन क्वारेन्टिनमा फर्काइएको थियो ।

यससंगै गोरखामा कोरोना संक्रमितको संख्या १४ जना पुगेको छ । उनिहरु सबैलाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

तस्विर : किरण बराम / मसेल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार