• शनिबार, साउन ९ २०८३

किन गरियाे सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलबन्दी ?


बुधबार, कार्तिक १ २०८०
1.4K
Shares

काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी गरिएको छ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।

उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको हो।

र्‍यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको जनाएको छ।

प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीका अनुसार कलंकीको श्यामा पेट्रोलपम्प र स्वयम्भू एपीएफको हलचोकमा रहेका पेट्रोल पम्पको एउटा नोजल सिल गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार