सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।
बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निजी सवारीहरु जोरबिजोर प्रणालीमा चलाउन दिनेलगायतका महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
बिहीबार सञ्चार मन्त्रालययमा मन्त्रिपरिषद्का निर्णयाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लकडाउनलाई केही खुकुलो बनाइएको बताए।
लकडाउनमा के–के गर्न पाइन्छ?
स्वास्थ्य सेवा (निजी कि्लनिकसमेत )
कृषि क्षेत्र : उत्पादनदेखि वितरणसम्म
उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने
सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने
व्यक्तिको पैदल आवागमन खुला
साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने
उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने
फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने
बैंक तथा वित्तीय संस्था
नर्सरी र वनजन्य उद्यमहरु
विकास आयोजनाहरु
रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस)
क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने
सरकारी कार्यालयहरु सञ्चालन गरिने
शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने
गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने
सार्वजनिक तथा जोरबिजोर प्रणालीमा लागू हुनेगरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने