काठमाण्डौ । कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले अत्याधिक बहुमत सहित विश्वासको मत पाएका छन् ।
बुधबार बसेकाे प्रदेश सभाकाे बैठकमा कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो ।
संविधानको धारा १६८ को उपधारा ५ बमाेजिम मुख्यमन्त्री बनेका कार्कीकाे विपक्षमा राप्रपा रह्याे । राप्रपाका छ मध्ये पाँच सांसदले विपक्षमा मत दिए भने एक जना सांसद बैठकमा अनुपस्थित रहे ।