• शनिबार, साउन ९ २०८३

ब्रोकर कमिसन र सेबोन शुल्क १०/१० प्रतिशतले घट्यो


बुधबार, कार्तिक १ २०८०
2.2K
Shares

काठमाण्डाै ।  नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ । बुधबार बिहान बसेको बोर्डको सञ्चालक समिति बैठकले कमिशन र सेबोन शुल्क १०–१० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन घटाउने प्रस्ताव गरेको थियो । अब यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

यो निर्णयसंगै हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटेर ०.३६ प्रतिशत कायम हुनेछ भने ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटेर ०.२४३ प्रतिशत कायम हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार