नेपालमा बिहीबार अपरान्हसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ। बिहीबार थप २५० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको हो।
जसमध्ये सबैभन्दा बढी प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित प्रदेश हो।
यस्तै प्रदेश ५ का १२ जिल्लामा गरी १ हजार ३ सय ९९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। यो संक्रमित बढी हुनेमा प्रदेश २ पछिको दोस्रो प्रदेश हो।
त्यस्तै कर्णाली प्रदेशका ९ जिल्लाका ७६९, प्रदेश १ का १३ का ३०७, सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १९२, बागमती प्रदेशका १२ का १४७ र गण्डकी प्रदेशका ९ जिल्लाका १४७ जनामा कोरोना पुष्टि भएको हाे ।