• शनिबार, साउन ९ २०८३

बढ्याे सुनचाँदीकाे भाउ, कति छ आजकाे मुल्य


बुधबार, कार्तिक १ २०८०
1.9K
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार