• आइतबार, साउन १० २०८३

कुवेतबाट आइपुगे ३ सय नेपाली


बिहिबार, जेष्ठ २९ २०७७
765
Shares

काठमाण्डाै । विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट दुवै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

एयरबस ए३२०–२५१ एन दुई जहाजमा कुल ३ सय नेपालीहरु स्वदेश फर्किएका हुन्।

नेपाली महिला लिएर जजिरा एयरवेजका  जहाजहरु नेपाल आएका हुन्। साढे ११ बजे आइपुगेको एयरवेजको पहिलो जहाज काठमाडौंबाट कुवेत फर्किएको छ भने अर्को जहाज भर्खरै विमानस्थलमा अवतरण गरेको हो।

अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ।

त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने छ। उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार