काठमाडौँ । इजरायलबाट स्वदेश फर्किन चाहेका थप १९ जनालाई सरकारले उद्दार गरेको छ ।
इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई उद्धार गरेको हो । ।
उद्दार गरिएका हरुलाई मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत भारत हुदै नेपाल ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरू मंगलबार साँझ नयाँ दिल्ली आइपुग्ने र कैलालीकाे गौरीफन्टा नाका हुदै नेपाल भित्र्याइने छ ।
उद्धार गरिएका नेपाली नागरिकहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन्