गोरखा । गाई काट्ने ४ जनालाई जिल्ला अदालत गाेरखाले कारागार चलान गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ का १९ बर्षिय बेवल नेपाली, २२ बर्षका राजु नेपाली, पारस रम्तेल, २५ बर्षिय सुपारी काली भनिने सविना नेपालीलाई गाई काटेको आरोपमा गत जेठ २० गते पक्राउ गरि पशुपंक्षी सम्बन्धि कशुर ९गौबध० शीर्षकमा मुद्धा दर्ता गरिएको थियो ।
उनिहरुले ग्याजी गाउँका भिम नेपालीको गोठबाट गाई चोरी गरी काटेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
उनिहरुलाई हिजो मंगलबार २८ गते जिल्ला अदालतबाट दोषी ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
उनिहरुको कारागार चलान गर्नु अघि कोरोना भाइरसको संक्रमण भएनभएको भन्दै पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डिएसपी खतिवडाले जानकारी दिए ।