• शनिबार, साउन ९ २०८३

२० लाख नाघे अमेरिकामा कोरोना संक्रमित


बिहिबार, जेष्ठ २९ २०७७
795
Shares

 अमेरिकामा कोरोना भाइसरका संक्रमितको संख्या २० लाख नाघेका छन्।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हिजोसम्ममा अमेरिकामा २० लाख चार सय ६४ जना संक्रमित भएका छन्।

जोन हकिन्स युनिभर्सिटीका अनुसार कोरोना संक्रमणबाट एक लाख १२ हजार नौ सय २४ जनाको मृत्यु भएको छ। अमेरिकामा दैनिक करिब पाँच लाख जनाको परीक्षण हुँदै आएको छ।

कोरोना संक्रमणको दोस्रो स्थानमा ब्राजिल छ, जहाँ हालसम्म सात ७५ हजारमा संक्रमण देखिएको छ भने ३९ हजार सात सय ९७ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार