काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर रु ११, डिजेल र मट्टितेलको मूल्य रु ५ घटाएको हो ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु १ सय ६५ कामय भएको छ ।
यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु १ सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु १ सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु १ सय ६८ तोकिएको छ ।
यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर १ सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु १ सय ८२ र डिजेलको मूल्य प्रतिलिटर रु १ सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु १ सय ७३ थियो ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११.१८ र रु ५.०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।