काठमाडौं । प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी इजरायलमा दुःखद निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले आज दिएको जानकारी अनुसार, नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेसराज विष्ट र आशीस चौधरीको शव प्राप्त भएको हो ।
प्राप्त भएका शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र अन्य शव प्राप्त हुने क्रममा रहेको दुतावासले जनाएको छ ।
सम्पर्क विहीन रहेका विपिन जोशीको खोजी कार्य तीव्र पारिएको तथा आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका १ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका छन् भने २ जना अस्पतालमा उपचाररत रहेको पनि दुतावासले जानकारी दिएको छ ।