global handwashing day campaign with hands and soap bar in earth planet vector illustration design
काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
हाल विश्वभर हात सफा नभएका कारण विभिन्न किसिमका संक्रमण तथा रोगका कारण लाखौँको मृत्यु हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएका छन् ।
असुरक्षित पिउने पानी र हातको सरसफाई नहुदाका कारण हरेक वर्ष झण्डै १ करोड मानिसले झाडापखालाबाट मृत्युवरण गर्ने अनुमान गरिएको छ ।
साबुनपानीले नियमित मिचीमिची हात धुने बानीले सरसफाइको कमीले जीवाणुद्वारा लाग्ने झाडापखाला तथा निमोनिया जस्ता रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।
चिकित्सकहरुका अनुसार खाना खानु वा खुवाउनु अघि, खाएपछि, शौचालय प्रयोग वा दिशा धोएपछि, खाना बनाउनु अघि, काम बाट फर्किएपछि, बाहिरबाट घर फर्किएपछि, साबुनपानीले नियमित हात धुने गर्नुपर्दछ ।
जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो र प्रभावकारी बिधि साबुनपानीले हात धुनु हो त्यसैले बालबालिकालाई साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ ।