• शनिबार, साउन ९ २०८३

स्थानीय तहका कर्मचारी र सरकारबीच सरकारबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता


आइतबार, असोज २८ २०८०
1.4K
Shares

काठमाडौं । विभिन्न माग राखेर काठमाडौं केन्द्रीत आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ ।

स्थानिय तहका कर्मचारी र सरकारबीच बिहिबार देखी भएको निरन्तरको बार्ता पछि शनिबार राति १९ बुँदै सहमति भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै हुनुपर्ने कर्मचारीको मागमा ऐन प्रारम्भ भएको कम्तीमा पाँच वर्ष सङ्घीय निजामती सेवाकै कर्मचारी रहने गरी सहमति जुटेको छ । यसका साथै प्रदेश र स्थानीय तहमा तहगत प्रणाली लागू गर्ने विषयमा पनि सहमति जुटेको छ ।

स्थानीय तहका कर्मचारीहरू विगत १४ दिनदेखि सडक आन्दोलनमा थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार