काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीहरूलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै दूतावासले पछिल्लो समय गाजा क्षेत्र आसपास क्षेत्रमा जोखिम बढेकोले स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन विशेष अनुरोध गरेको हो ।
दूतावासले जारी गरेको विज्ञप्तिमा इजरायल सरकारद्वारा जोखिम क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न भनिएकाे छ ।
स्वदेश फर्कन चाहने हरूले दूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य रुपमा भर्न र आश्रयस्थल असुरक्षित भएकाहरूले दूतावासमा जानकारी गराउन भनिएको छ ।