• शनिबार, साउन ९ २०८३

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

शपथ आइतबार दिउँसो १ बजे


शनिबार, असोज २७ २०८०
1.6K
Shares

काठमाण्डौ । कोशी प्रदेशको नया मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।

एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर जुटाएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीका लागि निवेदन दिएका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले आफ्नै पार्टीभित्र विद्रोह गर्दै केन्द्रीय गठबन्धन बिपरित एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार दिउँसो १ बजे हुने छ ।

यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार