• शनिबार, साउन ९ २०८३

१५ औँ साधारण सभाका अवसरमा एकिकरण नेपालद्धारा उत्कृष्ट कर्मचारीलाई सम्मान


शुक्रबार, असोज २६ २०८०
1.8K
Shares

गोरखा । एकिकरण नेपालको १५ औँ साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा विहीबार एक कार्यक्रमका बीच संस्थाको वार्षिक साधारण सभा भएको हो ।

कार्यक्रममा संस्थाका सचिव बालकृष्ण लामिछाने, संस्थापक अध्यक्ष हरि देवकोटा, संस्थाका प्रोजेक्ट कोर्डिनेटर इश्वर घिमिरे, संस्थाका साक्षरता कार्यक्रम संयोजक उज्वल वाग्ले, सामुदायिक सुरक्षा जालो कार्यक्रमका फोकल पर्सन रमा सिंखडाले आ–आफ्नो क्षेत्रको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाले जिल्लाभित्र सुरक्षित आप्रवासन, उत्थानशिल जिविकोपार्जन, शिक्षा, प्रकोप जोखिम व्यवस्थापन तथा जलवायु अनुकुल र संस्थागत विकासमा काम गर्दै आएको जनाएको छ । साथै संस्थाले आगामी कार्य योजनाहरु समेत प्रस्तुत गरेको थियो । आप्रवासी स्रोत केन्द्र गोरखाले २५ हजार १६१ जनालाई वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ ।

त्यस्तै तीन सय आठ जनालाई सिप तालिमका लागि सिफारिस गरिएको र मनोसामाजिक परामर्श सेवा लगायतका कार्यक्रमहरु संचालन गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले राज्यले गर्न नसकेका कतिपय कार्यहरु संस्थाले गर्दै आएको बताउँदै त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपानेले ग्रामीण क्षेत्रका जनताहरुलाई सहयोग पुग्ने गरी उत्पादनमुलक कार्यमा जोड दिने खालका कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थाले उत्कृष्ट काम गरेको भन्दै पाँच जनालाई सम्मान गरेको थियो । उत्कृष्ट सामाजिक परिचालक रमा भट्ट, हिरो अफ द ह्यूमिनिटीबाट मिना विक, उत्कृष्ट कर्मचारी मुक्ता कुमाल, इन्टेग्रिटीबाट लोकेस खड्का र लाइफटाइम एचिभमेण्टबाट चन्द्र बहादुर देवकोटालाई सम्मान गरिएको बताइएको छ ।

एकीकरण नेपालका अध्यक्ष मिलन सिं बस्न्यातको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, संस्थाका सल्लाहाकार स्थानेश्वर दुवाडी, राजनराज पन्त, किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार