• शनिबार, साउन ९ २०८३

इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन किन ढिलाई ?


बिहिबार, असोज २५ २०८०
2.8K
Shares

काठमाण्डाै । इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।

इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शवलाई इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ।

जतिसक्दो छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका र इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याइ परिवारलाई बुझाइने तयारी सरकारले गरेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार