गोरखा । आज देखि हुने लोक दोहोरी महोत्सव उदघाटन स्थागित भएको छ । इजरायल अक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा मंगलबार राष्ट्रिय शोक घोषणा भएसँगै आयोजकले प्रेस विज्ञप्ती निकाल्दै महोत्सव स्थागित गरेको हो ।
लोक तथा दोहोरी गीत प्रतिस्ठान गोरखाको आयोजनामा हुने महोत्सवका सम्पूर्ण तयारी पुरा भइसकेको भोलीबाट सुरु हुने महोत्सवका संयोजक शिव केसिले जनाकारी दिए ।
महोत्सव उद्घाटन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले गर्ने आयोजकले जनाएको छ । १५४ वटा स्टल रहने मेलामा स्टोर दैनिक उपभोगिका सामाग्री, खाद्यन्न, खाजाका परिकार, विभिन्न जातजतिका भेषभुषा घरेलु उत्पादनका सामाग्रीहरु राखिने उनले बताए ।
मेलामा गोरखाका कलाकार तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने जनाएको छ । पालिका स्तरीय झाँकी प्रर्दशन, पालिका स्तरीय लोक दोहोरी प्रतियोगिता, राष्ट्रिय स्तरीय लोक दोहोरी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
यसैगरी पालिका स्तरीय लोक दोहोरी प्रतियोगितामा लागि सोमबार सम्म आरुघाट र चुमनुब्री बाहेक सबै पालिकाले दर्ता गरिसकेको जनाएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुने पालिकाले ५० हजार ५५० र द्धितिय हुने गाउँपालिकाले रु २५ हजार ५२५ पाउने आयोजकले जनाएको छ । यस्तै राष्ट्रिय स्तरको लोक दोहोरी प्रतियोगिताको लागि ९ वटा समूहले दर्ता गरिसकेको उनले बताए ।
उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ र द्धितियले ५० हजार ५५५ पाउने केसिले बताए । यस्तै पालिका स्तरीय झाँकी प्रर्दशनमा प्रथम हुने पालिकाले १५ हजार ५१५ र द्धितिय हुनेले रु १० हजार ५१५ पाउने जनाएको छ ।
मेलाको अवलोकन लागि सर्वसाधारणको लागि रु १००, विद्यार्थीका लागि रु ५० तथा जेष्ठ नागरिकहरुको लागि निःशुल्क हुने उनले बताए । तर, विद्यार्थी लागि आइडी कार्ड जेष्ठ नागरिकहरुका कार्ड हुनुपर्ने आयोजकले जनाएको छ ।