काठमाडौं । इजरायलको गाजा क्षेत्रमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ।
परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्सालका अनुसार युद्धको जोखिममा रहेका ५५ जनालाई तेल अबिबस्थित नेपाली दूतावासको पहलमा सेल्टरमा सारिएको हो।
यस्तै त्यहाँ रहेका नेपालीलाई के सहयोग आवश्यक पर्छ भनेर फारम भराउने प्रक्रिया पनि चलिरहेको र देश फर्किन चाहनेहरुको पनि तथ्यांक संकलन भइरहेको परराष्ट्रले जनाएको छ।
तस्विर : गुगल