गोरखा । गोरखा सदरमुकाममा पार्किङ गरी राखिएको एक कारमा आगजनी गरिएको छ । गोरखा नगरपालिका ८ को चाइनिजधारा नजिकै सडकको छेउमा पार्किङ गरि राखिएको कारमा बिहान करिब ४ बजे आगजनी गरिएको हो ।
आगजनीबाट बा १२ च ५९८४ नम्बरको कार पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ ।
‘म घरमा सुतिरहेको थिए, एक्कासी के पड्केको जस्तो आवाज आयो’ कारधनी दिपक केसीले भने ‘आउदा त गाडीमा पूरै आगो दन्किरहेको रहेछ ।’
आगो कसले र किन लगायो भन्ने आफुलाई थाहा नभएको र घटनास्थलमा आइपुग्दा ४ जना प्रहरी आइसकेको समेत उनले बताएका छन् ।
यता प्रहरी पनि अनुसन्धानको क्रममा रहेको बताउछ ।
‘एकाबिहानै सडक छेउमा राखिएको कारमा आागजनी भएको छ, प्रहरी पुग्दा घटनास्थलमा कोही थिएनन’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरसंग भने ‘छानविन गर्दैछौ, अहिले नै कसले र किन लगायो भन्ने कुरा भन्न सकिदैन ।
हेर्नुस ५ तस्विरमा




