• शनिबार, साउन ९ २०८३

विद्यालय शिक्षा विधेयकमाथि संशोधन पेश गर्न तीन दिनको समय


आइतबार, असोज २१ २०८०
1.8K
Shares

काठमाण्डाै ।  विद्यालय शिक्षा विधेयकमाथि संशोधन पेश गर्न तीन दिनको समय दिइएको छ । सभामुख देवराज घिमिरेले विधेयक शाखामा संशोधन पेश गर्न आग्रह गरेका छन् ।

आइतबार सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए ।

मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए ।

प्रतिनिधि सभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार