• आइतबार, साउन १० २०८३

खुल्याे लकडाउन, हेर्नुस के-के भयाे निर्णय ?


बुधबार, जेष्ठ २८ २०७७
1K
Shares

सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी सबै किसिमका पसलहरु खाेल्न निर्णय गरेकाे हाे ।

त्यस्तै मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना सवार हुनेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको छ ।

रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।

त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार