काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महरालाई क्लिन चिट दिएको छ ।
विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष सीआईबीले गरेको हो ।
सीआईबीले महाराका छोरा राहुल सहित दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङ गरी तीन जना विरुद्ध भने मुद्दा चलाउने भएको छ ।
सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल सहित तीन जनाबिरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चलाउने गरी राखेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा २०७९ माघ २९ मा दुई वटा सुटकेसमा ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको र अनुसन्धानका क्रममा भेपभित्र सुन भेटिएको थियो ।
अनुसन्धानका क्रममा सीआईबीले सुन सहितको भेप छुटाउन दबाव दिएको भन्दै महराको नाम जोडेकाे थियो ।