काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी र नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ ।
अंग्रेजी विषयको कोशी प्रदेशको १४, मधेश प्रदेशको ५, बागमति प्रदेशको १६, गण्डकी प्रदेशको १९, लुम्बिनी प्रदेशको १५, कर्णाली प्रदेशको १३ र सुदूरपश्चिम प्रदेशको १२ गरी ९४ रिक्त रिक्त पदको लागि विज्ञापन खुलाएको थियो ।
अंग्रेजी विषय शिक्षक पदको लागि १८ चैत २०७९ मा सामान्य र ९ असार २०८० मा विषयगत परीक्षा सञ्चालन गरेको थियो ।
त्यस्तै आयोगले शुक्रबार नेपाली विषय शिक्षकको नतिजा सार्वजनिक गरेको थियो ।
नेपाली विषयको कोशी प्रदेशको ११, मधेश प्रदेशको २४, बागमति प्रदेशको २८, गण्डकी प्रदेशको ३२, लुम्बिनी प्रदेशको ११, कर्णाली प्रदेशको ९ र सुदूरपश्चिम प्रदेशको ९ रिक्त पद गरी कुल १४१ पदको लागि विज्ञापन खुलाएको थियो ।
यसका लागि आयोगले गत ९ असारमा भएको विषयगत परीक्षामा उत्तीर्ण उम्मेद्वारको १७ असोजमा अन्तर्वार्ता लिएको थियो ।