• शनिबार, साउन ९ २०८३

जनही १ लाख राशीको मानववादी सम्मान तथा पुरस्कारबाट ३ जना पुरस्कृत


शनिबार, असोज २० २०८०
2.9K
Shares

काठमाडौं । मानववादी सम्मान तथा पुरस्कारबाट ३ जना पुरस्कृत भएका छन् । शनिवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित बिशेष कार्यक्रममा ‘वंश–रत्न मेमोरियल ट्रष्ट’ ले नेपालमा पहिलो पटक मानववादी सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

वंश–रत्न मानववादी सम्मानबाट सम्मानित हुनेहरुमा मानववादी तथा दार्शनिक व्यक्तित्व मोहनविक्रम सिंह, मानववादी तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र भारतका बैज्ञानिक तथा मानववादी अभियान्ता प्रा.डा.नरेन्द्र नायक रहेका छन् ।

सामाजिक र मानवीय कार्य गर्ने उद्देश्यले स्थापना गरिएको ट्रष्टले चार बर्ष अघि पुरस्कारको स्थापना गरेको थियो । कोभिड तथा अन्य कारणले यस अघि सम्मान तथा पुरस्कार वितरण गर्न नसकेकोले पछिल्लो तीन बर्षको पुरस्कार एकै पटक प्रदान गरेको संस्थाका प्रधान संरक्षक बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले जानकारी दिए ।

जस अनुसार बर्ष २०७८ का लागि सिंह, बर्ष २०७९ का लागि श्रेष्ठ र बर्ष २०८० का लागि भारतीय नागरिक नायकलाई प्रदान गरेको हो ।

सम्मानित हुनेहरुलाई दोसल्ला ओढाइ सम्मान पत्रका साथै नगद रु. १ लाख सहित बरिष्ठ पत्रकार भैरव रिसालद्धारा पुरस्कृत गरिएको थियो ।

ट्रष्टले अन्धविश्वास, कुरीति, कुसस्कार र सबैखाले विभेदका विरुद्ध एवं मानववाद र वैज्ञानिक चेतनाका पक्षमा क्रियाशिल विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था तथा त्यसप्रकारका कृतिहरुलाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गर्ने गरी सम्मान तथा पुरस्कार स्थापना गरेको अध्यक्ष सन्त कुमारी श्रेष्ठले जानकारी दिइन् ।

ट्रष्टका संस्थापक तथा संरक्षक मानववादी समाजसेवी व्यक्ति बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले आफ्ना किर्तिशेष बुबा र आमाको सम्मान र सम्झनामा स्थापना गरेको मानववादी सम्मान देशमै यस प्रकारको पहिलो सम्मान हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार