• शनिबार, साउन ९ २०८३

इजरायलमा सांघातिक आक्रमणमा परि ९ जना नेपाली घाइते, २ गम्भीर


शनिबार, असोज २० २०८०
1.8K
Shares

काठमाडौँ । इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएका हो ।

शनिबार मन्त्रालयको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले घाइतेहरु बारे जानकारी दिएको हो । तर घाइते नेपालीहरुको कुनै परिचय खुलाइएको छैन ।

मन्त्रालयले नेपाल सरकारको तर्फबाट इजरायल सरकारप्रति ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

गाजा पट्टीबाट इजरायलमा व्यापक रकेट हमला भएको थियो भने हमासका लडाकुहरूको घुसपैठप भएको जनाइएको छ । इजरायली सेनाले पनि जवाफी हमला गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार