• शनिबार, साउन ९ २०८३

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा: प्रदेश प्रमुखद्धारा पाँच दिनको समय दिएर सरकार गठनको आव्हान


शनिबार, असोज २० २०८०
2.6K
Shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत नलिइ राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालत दिएको परमादेशबाट सबैभन्दा ठुलो दलको संसदीय दलका नेताको रुपमा मुख्यमन्त्री भएका हिक्मतकुमार कार्की पुनः ३० दिनपछि विश्वासको मत पाउन आधार नभएपछि राजिनामा दिएर सत्ता बाट बाहिरिएका हुन् ।

कोशी प्रदेशको दोस्रो कार्यकालमा कार्की यो सहित दुइपटक र काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बनिसकेका छन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । जसमध्ये एमालेको उपसभामुख सहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा ९एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।

अहिले कायम रहेको गठबन्धनसँग ४७ सिट रहेको छ एमाले र राप्रपा एकातिर भएकोले दुइ दलको मत जोड्दा ४६ हुन आउछ । उपधारा (५) अनुसार सरकार गठन गर्ने अवस्थामा ४७ सांसदको हस्ताक्षर पुर्‍याउन गठबन्धनलाई सहज छ ।

यसै बिच कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार