काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
सर्बोच्चको आदेशले संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
सरकार गठन भएपछि संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।
कोशी प्रदेशमा ठुलो दल नेकपा एमालेसँग ४० सांसद सङ्ख्या छ ।