काठमाडौँ । कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि नेपाल र रोमानियाबीच श्रम समझदारी भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुले शुक्रबार श्रम सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
युरोपेली देश रोमानिया र जर्मनी सँग द्विपक्षीय श्रम सम्झौताका लागि सरकारी टोली रोमानिया पुगेको थियो ।