• शुक्रबार, साउन ८ २०८३

बझाङका भूकम्प पीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा


शुक्रबार, असोज १९ २०८०
2.5K
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख रुपैया दिने पनि घोषणा गरेका छन् ।

भुकम्पका कारण भएको क्षति मुल्याङ्कन गरी कार्यविधि बनाएर पुनर्निमाण गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री प्रचण्डले जनाएका छन् ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकन का लागि प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत आज बझाङतर्फ गएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार