• शनिबार, साउन ९ २०८३

श्रम मन्त्री भण्डारी सहितको टोली युरोपमाः रोमानिया र जर्मनीसग श्रम सम्झौता हुने


शुक्रबार, असोज १९ २०८०
1.5K
Shares

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी सहितको टोली रोमानिया पुगेको छ । युरोपेली देश रोमानिया र जर्मनी सँग द्विपक्षीय श्रम सम्झौताका लागि सरकारी टोली रोमानिया पुगेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको थियो ।

आज शुक्रबार श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्यु सहभागितामा दुवै देशका प्रतिनिधि विच श्रम समझदारी पत्रमा हस्ताक्षर हुनेछ । रोमानिया नेपालीको आकर्षक श्रम गन्तव्य रहि आएको छ ।

यस संगै टोलिले असोज २३ गते मङ्गलबार जर्मनीसँग श्रम सम्झौता गर्ने कार्यक्रम रहेका छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार