• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री आज भूकम्प प्रभावित जिल्ला बझाङ जाँदै


शुक्रबार, असोज १९ २०८०
2.6K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित जिल्ला बझाङ जाँदैछन् ।

नेपाली सेनाको हेलिकप्टरबाट साढे १० बजे बझाङ प्रस्थान गर्ने जनाइएको छ । उनले भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने तथा जिल्लाको विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम छ ।

बझाङमा यही असोज १६ गते गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । घाइतेहरुमध्ये गम्भिर घाइतेहरु ५ जनालाई अन्यत्र रिफर गरिएको छ ।

जिल्ला अस्पतालमा २ जना उपचाररत छन् भने १३ जना उपचार गरेर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार