काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
आज शुक्रबार बिहान भएको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित ६१–१७ ले पराजित भएसँगै नेपाल कास्य पदकमा सीमित भएको हो ।
कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।
महिला कबड्डीमा पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो भने यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरान र समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेई विचको विजय हासिल गर्नेले फाइनलमा भारतग प्रतिस्पर्धा गर्ने छ ।