• शनिबार, साउन ९ २०८३

माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन: आधा भन्दा बढी फेल


बिहिबार, असोज १८ २०८०
2.1K
Shares

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ ।

गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र को लिखित परीक्षाको नतिजा बिहिबार सार्वजनिक गरेको हो ।

४९ हजार १७० परीक्षार्थीले परीक्षा दिएकोमा ४९।५५ प्रतिशत अर्थात २४ हजार ३६६ जना मात्र उत्तिर्ण भएका छन् । यो संख्या आधा भन्दा कम हो ।

अयोगले नतिजा एसएमएसबाट समेत हेर्न सकिने जनाएको छ । विहिबार सूचना जारी गर्दै नतिजा एसएमएस मार्फत हेर्न सक्ने जानकारी दिएको हो ।

नतिजा सार्वजनिक भएपछि परीक्षार्थीले मोबाइलको मेसेज मा गई टीएसएलसी स्पेस ११ अंकको रोल नं टाइप गरी ३१००७ मा एसएमएस गरी हेर्न सकिने आयोगले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार