काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भइ कैद भोगिरहेका योगराज ढकाल रिगलको कैद मिनाह गर्नुको कारण पेश गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गरेको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।
गत असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल सहितका कैदिहरुको को कैद मिनाह गरेका थिए ।
रिगलको कैद मिनाहा भएपछि उनले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दिएकि थिइन् ।