• शनिबार, साउन ९ २०८३

शिक्षक लाइसेन्सको नतिजा यहि साता भित्र सार्बजनिक हुने


बिहिबार, असोज १८ २०८०
2.5K
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा यहि साता सार्वजनिक गर्ने भएको छ ।

झण्डै ५० हजार सहभागि भएको परिक्षाको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको अयोगले जनाएको छ ।

अयोगले नतिजा एसएमएसबाट समेत हेर्न सकिने जनाएको छ । विहिबार सूचना जारी गर्दै नतिजा एसएमएस मार्फत हेर्न सक्ने जानकारी दिएको हो ।

नतिजा सार्वजनिक भएपछि परीक्षार्थीले मोबाइलको मेसेज मा गई टीएसएलसी स्पेस ११ अंकको रोल नं टाइप गरी ३१००७ मा एसएमएस गरी हेर्न सकिने आयोगले जानकारी दिएको छ ।

शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ भदौमा माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार