• शनिबार, साउन ९ २०८३

भूकम्पपछि बझाङका ७० हजारबढी विधार्थीको पढाई प्रभावित, शिक्षण संस्था ३ दिनका लागि बन्द


बिहिबार, असोज १८ २०८०
1.8K
Shares

काठमाण्डौ । भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश शैक्षिक संस्थाका संरचना भूकम्पले ध्वस्त भएपछि जिल्लाभर ३ दिनका लागि पठनपाठन बन्द गरिएको हो ।

जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । १२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण बझाङ जिल्लाभर गरी अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाई प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए ।

मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण जनजीवन समेत प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । त्रासका कारण मानिसहरु घरभित्र समेत बस्न सकिरहेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार