• शनिबार, साउन ९ २०८३

गोरखाको भिमसेन थापा गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि


बुधबार, जेष्ठ २८ २०७७
1.5K
Shares

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकाका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गरिएका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विद्या तामाङले बताइन ।

संक्रमित मध्ये १ महिला र ३ पुरुष रहेका छन् । उनिहरु भिमसेन थापा गाउँपालिका ६ अश्राङकाे बिभिन्न क्वारेन्टिनमा बसेकाे बताइएकाे छ ।

यससंगै गोरखामा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ । यसअघि गण्डकी गाउँपालिकाका ९ र प्रहरी हिरासतमा रहेका पालुङटारका एक जनामा संक्रमण पुष्टि भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार