• शनिबार, साउन ९ २०८३

हाम्राे स्तर विश्व वरियतामा घटेपनि एशियामा घटेकाे छैन: त्रिवि


बुधबार, असोज १७ २०८०
1.6K
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्तर एशियामा नघटेको बताएको छ । विश्व वरियतामा विश्वविद्यालयको स्तर निकै खस्केको देखिएपछि त्रिविले विज्ञप्ति जारी गर्दै विश्वमा घटेपनि एशियामा स्तर नघटेको बताएको हो ।

सन् २०२३ मा टाइम्स हाइएर एजुकेशन स्तर मापन अनुसार त्रिवि विश्वस्तचरमा ८०१ देखि १०० को बीचमा रहेको थियो । तर, आउँदो वर्ष २०२४ को लागि भने स्तर मापनमा १२०१ देखि १५०० बीचमा देखाएको छ । त्यस्तै एशियाका विश्वविद्यालयहरूमा त्रिवि मापन स्तर गतवर्ष जस्तै २५१ देखि ३०० बीचमा नै देखाएको छ ।

समग्र विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकहरुमा त्रिविले निरन्तर सुधार गर्दा पनि मापन स्तर केही कम देखिएको त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

टाइम्स हाइएर एजुकेशनले विश्वविद्यालयको स्तर निर्धारणमा अनुसन्धान साइटेसनलाई ३०% (अर्थात् एक तिहाई) अङ्कभार दिएर स्तर निर्धारण गर्ने परम्परा थियो । तर, सन् २०२४ बाट १५% मात्र अङ्कभार दिने गरी मूल्याङ्कन पद्धतिमा परिवर्तन गरेको पाइएको रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

त्रिविको सबैभन्दा राम्रो सूचकलाई नै कम अङ्कभार बनाउँदा स्तरमा कमी आएको त्रिविको दाबी छ । यसको नकारात्मक असर चीन र भारतका विश्वविद्यालयहरूमा पनि पर्न गएको त्रिविको दाबी छ । २०२३ मा चीनका ९५ विश्वविद्यालय स्तर मापनभित्र परेका थिए भने आउँदो वर्ष २०२४ मा केवल ८४ विश्वविद्यालयलाई राखिएको छ । चीन, भारत र नेपाल लगायत एशियामा अभिवृद्धि हुँदै गएको विश्वस्तरीय अनुसन्धान र प्रकाशन एवं सोको साइटेसनलाई कम अङ्कभार दिई गणना गर्दा विविध शङ्का, उपशङ्का उब्जिएको त्रिविको दाबी छ ।

t

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार