• शुक्रबार, साउन १५ २०८३

सबै जिम्मेवारी स्ववियुलाई सुम्पिएकाे पुल्चोक क्याम्पसका विभागीय प्रमुखहरुकाे घाेषणा


मंगलबार, असोज १६ २०८०
2.7K
Shares

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् ।

यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए ।

त्यसको जवाफमा विभागीय प्रमुखहरुले आफूहरुले सम्हालेको विभाग स्ववियु सभापतिलाई चलाउन दिने सल्लाह भएको बताएका छन् ।

उनीहरुले स्ववियुलाई नै विभाग चलाउन दिन प्राध्यापक संघ र कर्मचारी संघको पनि समर्थन रहेको जिकिर गरेका छन् ।

हेर्नुहोस् पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार