म्याग्दीमा गएराति परेको पानीका कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउपालिका–६ कोटगाउँ पहिरोमा पुरिएर गएराति २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालकाे पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मंगलबार राति ११ बजेतिर उनिहरु सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
राति सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरो आएर दलप्रसाद शेरपुञ्जाको श्रीमती र उनको ४ वर्षीया नातिनीको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए ।